माछापुच्छ्रेको अठारौँ वार्षिक साधारणसभा
, काठमाडौं २४ मङ्सिर ।
यही पुस २२ गते माछापुच्छ्रे बैङ्कको अठारौँ वार्षिक साधारणसभा होटल पोखरा ग्राण्ड पार्दि, पोखरामा हुने भएको छ । सभाको विशेष प्रस्तावमा लेखापरीक्षकको नियुक्ती, २० दशमलव ७५ प्रतिशत बोनस शेयर, १.९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने, हकप्रद शेयर निष्कासन गर्ने र सञ्चालक समितिको निर्वाचन रहेको छ ।
सत्रौँ वार्षिक साधारणसभाबाट पारित बैङ्कको ५० प्रतिशत हकप्रद शेयर तथा २०.७५ प्रतिशत बोनस शेयर पश्चात कायम रहेको चुक्तापूँजीको १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने छ । साधारणसभा प्रयोजनको लागि बैङ्कको शेयर दर्ता पुस्तिका पुस १ गतेदेखि २२ गतेसम्म बन्द रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया