बिजनेसपाटि २२ अशोज

नेपाल धितोपत्र बोर्डबाट माछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद निष्काशनका लागि स्वीकृति पाएको छ। बैंकले  १ करोड ९३ लाख कित्ता हकप्रद निष्काशनका लागी धितोपत्र बोर्डमा आबेदन दिएको थियो।

२०७४ असार मसान्त भित्र बैंकले बोनस र हकप्रद मार्फत राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी पुर्याउने योजना अघि सारेको छ।

पुंजी वृद्धि योजना अनुसार बैंकले पहिलो बर्ष १६ प्रतिशत बोनस शेयर तथा ५० प्रतिशत हकप्रद, दोस्रो बर्ष ११ प्रतिशत बोनस शेयर तथा ७:१ का दरले हकप्रद र तेस्रो बर्ष ११ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ। बैंकले दुई चरणमा झन्डै २ अर्ब ८७ करोड रुपैयाँ बराबरको हकप्रद वितरण गर्ने योजना सार्वजनिक  छ।  बैंकले आफ्ना शेयरधनीहरुलाई यो बर्ष ११ प्रतिशत बोनस शेयर दिने छ।

गत आर्थिक बर्ष बैंकले ८९ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने  बैंकले यस अवधिमा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ जगेडा कोष रकम पुर्याएको छ।