माछापुच्छ्रे बैंकको चुक्ता पूँजी ८ अर्ब पुग्ने !

बिजनेसपाटी ५ कार्तिक ।
माछापुच्छ्रे बैंकले चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। यसरी १५ प्रतिशत लाभांस घोषणासँगै
बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने भएको  हो । बैंकले १२ प्रतिशत हकप्रद वितरणपछि कायम चुक्ता पूँजीमा ९ प्रतिशत बोनस सेयर दिन लागेको हो। अहिले बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। संचालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर जारीपछि पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया