माछापुच्छ्रे बैंकको दुलेगौडा शाखा स्थानान्तरण
बिजनेसपाटी २४ बैशाख ।
माछापुच्छ्रे बैंक लिमिटेडले दुलेगौडा शाखालाई स्थानान्तरण गरेको छ । बैंकले सो शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको हो । वैशाख २४ गते आईतबारका दिन देखि संचालनमा आउने गरि बैंकले दुलेगौडा शाखा सञ्चालनमा ल्याएको हो । दुलेगौडा शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका हुन् ।
बैंकले आफ्ना ग्राहकहरुलाइ सो शाखाबाट कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । साथै २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । बैंकको हालसम्म ६ अर्व ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । गत चैत्र मसान्तसम्म बैकले ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया