माछापुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने ४ शाखा रहित बैकिङ्ग सेवा

बिजनेसपाटी १९ श्रावण

माछापुच्छ्रे बैंक लिमिटेडले श्रावण १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकाहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरु बाट खाता खाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटे्न्यस भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदानगर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया