माछापुच्छ्रे बैंकको १०.२५ ‘माछापुच्छ्रे डिवेन्चर २०८५’ बाँडफाँड

बिजनेसपाटी १४ भदौ

माछापुच्छ्रे बैंकले जारी गरेको ३ अर्व बराबरको ऋणपत्र भाद्र १३ गते शुक्रबार ३० लाख कित्ता ऋणपत्रहरुमा समानुपातिक रुपले बाँडफाँड भएको छ ।

माछापुच्छ्रे बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको जनाएको छ ।

बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एन.एम.बी क्यापिटल रहेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया