माछापुच्छ्रे बैंकद्धारा धनगढीमा राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग

बिजनेसपाटी २० असार ।
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. १,५१,१११ को चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । ०७६ साल जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए ।
बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर वड तथा कार्यकारी प्रमुख नारायण प्रसाद सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।
माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
माछापुच्छ«े बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २३१ स्थानवाट ६ लाख ५० हजार भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया