माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण
बिजनेसपाटी १४ चैत्र ।
माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आज वुधबार निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुच्छ«े बैंक लिमिटेड–धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूल समेत हस्तान्तरण गरेको जनाएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया