माछापुच्छ्रे बैंकद्वारा शैक्षिक क्षेत्रमा सहयोग

बिजनेसपाटी २७ चैत्र ।
माछापुच्छ«े बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । चैत्र २४ गते एक कार्यक्रमका विच बंैकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पिडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी रु १,५०,०००।– आर्थिक सहयोग प्रर्दान गरेको छ । त्यसैगरी चैत्र २६ गते एक कार्यक्रमका विच बंैकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई समेत रु ५,००,०००।– आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

उक्त कार्यकममा चेक हस्तान्तरण बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाबाट भएको समेत जनाएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया