माछापुच्छ्रे बैंकले एकैदिन संचालनमा ल्यायो ६ नयाँ शाखा,३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवा : हेर्नुस कहाँ कहाँ ?
बिजनेसपाटी १७ श्रावण ।
माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ नया शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले दमक, लहान, वर्दिवास, सुर्खेत,महेन्द्रनगर र कोहलपुरमा गरि एकै चोटी ६ ओटा नया शाखा कार्यालय संचालनमा ल्याएको हो। बैंकले तीन वटा एक्सटेन्सन काउन्टर र दुर्इवटा शाखा रहित बैंकिङ सेवा समेत सुरु गरेको छ। सिराहा जिल्लाको कल्याणपुर गाउँपालिका, तनहुँ जिल्लाको भिमाद नगरपालिका र कंचनपुर जिल्लाको पुर्नवास नगरपालिकामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
बैंकले रुपन्देहीको गैडहवा र सम्मरी मार्इ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। बैंकले शुभारम्भको अवसरमा निशुल्क डेविट कार्ड, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट र लकर शुल्कमा पचास प्रतिशत छुट दिने जनाएको छ। बैंकले चैत मसान्तसम्म ५८ अर्ब ४ करोड निक्षेप परिचालन गरेर ५३ अर्ब पाँच करोड कर्जा प्रवाह गरेको जनाएको छ। बैंकले यो अवधिमा १ अर्ब ५१ लाख खुद मुनाफा कमाएको छ ।
बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको Banking Software, Globus बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया