माछापुच्छ्रे बैंकले पोखराबाट सार्यो केन्द्रीय कार्यालय

बिजनेसपाटी २२ श्रावण ।
माछापुच्छ्रे बैंकले पोखराबाट आफ्नो केन्द्रीय कार्यालय काठमाडौँ सारेको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा आइतबार बसेको बैंकको विशेष साधारणसभाले केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँ सार्ने प्रस्ताव पारित गरेको हो । बैंकको केन्द्रीय कार्यालय पोखरा लेखनाथ महानगरपालिका वडा नंं ९ मा रहेकोमा अब लाजिम्पाट, काठमाण्डौं महानगरपालिका वडा नं. २ मा स्थानान्तरण हुने भएको हो । बैंकको विशेष साधारण सभाले नियामक निकायहरुले गरेका परिवर्तित व्यवस्थाहरुलाई समेट्न प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्थाहरु परिमार्जन गर्ने विषय समेत पारित गरेको छ ।
 राष्ट बैंकले तोके बमोजिम चुक्ता पूँजी पुर्याउने क्रममा रहेको बैंकको हाल रु. ६ अर्ब ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप ५८ अर्ब पुगेको छ भने ऋण लगानी ५१ अर्ब नाघेको छ।  गत आर्थिक बर्षमा बैंकले एक खर्ब ३० करोड खुद नाफा कमाएको छ। चुक्ता पूँजी ८ अर्व पुर्याउन बैंकले १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।
देशभर कुल ६२ वटा शाखा रहेको बैंकले ४ वटा एक्स्टेन्सन काउन्टरका साथै ४ शाखा रहित बैकिङ्ग सेवा समेत संचालनमा ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया