माछापुच्छ्रे बैंकले भारतबाट रेमिटेन्स ल्याउँदा अतिरिक्त शुल्क नलिने

काठमाडौं १४ असोज २०७७।

माछापुच्छ्रे बैंकले चाडपर्वलाई लक्षित गर्दै ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत भारतबाट पैसा ल्याउँदा कुनै पनि अतिरिक्त शुल्क नलिने भएको छ।

बैंकले असोज १२ गतेदेखि २ महिनासम्म भारतको कुनै पनि स्थानबाट पैसा ल्याउँदा शुल्क नलिने विज्ञप्तिमा उल्लेख छ।  केहीदिन अघि मात्रै बैंकले ओमसँग रेमिटेन्स ल्याउने सम्झौंता गरेको थियो।

भारतबाट पठाएको रकम बैंकका १ सय ६० शाखा, १ सय ३३ शाखारहित बैंकिङ सेवा लगायतका देशभरका १० हजार भन्दा बढी रेमिटेन्स एजेन्टमार्फत भुक्तानी लिन सकिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया