माछापुच्छ्रे बैकको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न, के के भए निर्णय ?
बिजनेसपाटी १६ मंसिर ।
माछापुच्छ्रे बैक लिमिटेडको १९ औैं वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन केसिको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३÷७४ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत वोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय समेत गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी रु ७ अर्व ३९ करोड रहेकोमा उक्त साधारणसभाले पारित गरे बमोजिम बोनस शेयर जारी गर्दा बैकको चुक्ता पूँजी रु ८ अर्व ५ करोड पुग्नेछ ।
बैंकले सोही अवसरमा नयाँ बजार, पोखरा स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।
बैंकले आ.व. २०७४–७५ को पहिलो त्रैमास सम्ममा रु. २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७४ असोज मसान्त सम्ममा रु ६० अर्व ३० करोड निक्षेप परिचालन गरी रु. ५४ अर्व ४२ करोड कर्जा प्रवाह गरेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया