माछापुच्छ्रे बैकलाई टप १० बैकमा ‘रिपोजिसन’ गराउन धेरै योजनाहरु ल्याउँदैछौ ।
माछापुछ्रे बैकको वित्तिय अवस्था, विद्यमान तरलता संकट, पुँजीवृद्धिको योजनामा बैकले गरेका प्रगती, आगामी योजना तथा कार्यक्रमबारे बैकको प्रमुख कार्यकारी अधिकृत (सिइयो) निरज श्रेष्ठसँग बिजनेसपाटी डटकमका लागि सम्पादक रिसव गौतमले गरेको कुराकानीको सार–संक्षेपमा ।
१) माछापुच्छ्रे बैकको पछिल्लो वित्तिय स्वास्थ कस्तो रहेको छ ?
वित्तिय स्वास्थ्य राम्रै छ । लक्ष्य अनुसार नै हामी अघाडी बढिरहेका छौ । चालु आर्थिक बर्षको ६ महिनाको रिजल्टको कुरा गर्दा डिपोजिट ५९ अर्ब जतिको छ । लेडिङ चाँही ५२ अर्ब जतिको छ । ६ महिनाको खुद नाफा साँढे ५७ करोड रहेको छ । जुन हामीले अनुमान गरेको भन्दा थोरै माथी नै हो । तरपनि अहिलेको बजारको अबस्था तपाई हेर्नुहुन्छ भने त्यति सजिलो छैन । खासगरी ऋण दिनसक्ने फण्ड जो छ, त्यसको अभाव सबै बंैकहरुमा छन । त्यसमा हामी पनि अपवाद छैनौं । त्यसले गर्दा जुन किसिमको कारोवार गर्न सकिन्थ्यो । त्यो गर्न सकिएको छैन । नयाँ ऋण दिन धेरै नै कटौती गरिएको छ । सुरुको ३ महिना हामीले राम्रै लगानी गरेका थियौ । तर दोश्रो क्वाटरमा आएर त्यसरी गर्न सकिएको छैन ।
२) माछापुच्छे्र बैक विधमान तरलता समस्याका कारण कत्तिको अप्ठेरोमा छ ?
त्यस्तो अप्ठेरो छैन । हामीले वास्तम्वमा पौष मसान्तसम्मको हेर्नुहुन्छ भने सबै नम्र्सहरु मिड गरेका छौ । राष्ट्र बैकले तोकेका कुनै पनि सिमा हामीले नाघेका छैनौं । जुन सिसिडि रेसियोको कुरा छ । हामी सिसिडि रेसियोमा ८० भन्दा तलै छौ । हामी दिन–दिनै मोनिटरीङ गरिरहन्छौ । हामी आरामदायी अवस्थामा नै छौ । हामीले औसतमा ७८ मा सिसिडि रेसियो कायम राखेर काम गर्दै आएका थियौं । त्यही अनुसार नै अघिल्लो महिनासम्म थियांै । जब यो नयाँ डिपोजिटमा अलिकति समस्या देखियो । अकस्मात डिपोजिटहरु झिकिए । अरु बैंकहरुमा गए बढी व्याज दिइरहेका ठाउँमा । त्यो कारणले पौष मसान्तपछी २–३ दिन चाँही मार्जिनल्ली सिसिडि रेसियो ८० नाघेको थियो । तर हामीले त्यसलाई तुरुन्त नयाँ डिपोजिट ल्याएर करेक्सन गरेका छौ । डिपोजिट मात्र होइन की हामीले नयाँ लेन्डिङलाई रोकेकै त छैनांै तर धेरै कम गरेका छौ । खासगरी सेकेन्ड क्वाटरमा सुरु देखि नै कमी नै थियो । अहिले आएर टोटल्ली नै कमी जस्तो गरेका छौ यसलाई हामीले नयाँ लेन्डिङलाई । यसरी नयाँ लोन पनि धेरै नै कम भयो र डिपोजिड पनि फेरी आउन थालेकाले अव दिन थाल्नेकी भन्ने प्रश्न खडा भएको छ । आगामी दिनहरुमा पनि तरलता समस्या धेरै लामो समयसम्म चलिरह्यो भने अझ पनि अप्ठेरोपना आउन सक्छ । तरपनि हामी व्यवस्थापन गर्दछौ र गर्न सकिन्छ भन्नेमा हामी पुर्ण विश्वस्त छौ । कसैको डिपोजिट फर्काउन, कसैको पैसा दिन र हामीले प्रतिवद्धता जनाएका ऋणहरु दिन हामीलाइ कुनै समस्या छैन ।
३) राष्ट्र बैकले नयाँ तोके अनुसारको पूँजीवृद्धि गर्ने कुरामा माछापुच्छ्रे बैकको प्रगती कस्तो भइरहेको छ ?
पुँजीवृद्धि गर्ने कुरामा हाम्रो प्रगति सन्तोषजनक छ । हाम्रो योजना के छ भने अहिलेलाई मर्जर वा इक्युजिसनमा भर पर्नुपर्ने अवस्था छैन । अहिले हाम्रो पहिलाको ५० प्रतिशत राईट मोडलेसहरु सक्किन लागेको छ । त्यसपछी हालैको एजीएमबाट पारित भएको करिव २१ प्रतिशतको बोनस शेयर छ । त्यसपछीको १२ प्रतिशतको राईट शेयर पनि छ । यो बोनस र राईट शेयर सक्किएपछी करिव ७.४ बिलियन जत्तिको पँुजी हुन्छ हाम्रो । नपुग ६०–६५ करोड जुन हामी चालु बर्षको नाफाबाट बोनस शेयर दिएर पु¥याउने भन्ने हाम्रो लक्ष्य छ । त्यसरी सकिन्छ, समस्या हुदैन । त्यसको अलवा पनि हामीले मर्जर र एक्युजिसनको विकल्प खुल्ला गरेका छौ । किनभने ८ अर्ब मात्रै पँुजी बनाउन पर्छ भन्ने छैन । त्यो भन्दा बढी पनि हुनसक्छ । तर पुँजीलाई भन्दा पनि हामीले अहिले हाम्रो नेटवर्क नभएको ठाउँहरु जहाँ जहाँ छन् । त्यस्ता ठाउँहरुमा भएका विकास बैक तथा फाइनान्स कम्पनीहरु राम्रो खालको भेटौं भने हामी मर्जरमा पनि तयार छौ र एक्युजिसनमा पनि तयार छौ । त्यसको लागि २ देखि ३ वटा कम्पनीसँग अहिले रिभ्यु पनि भइरहेको छ ।
४) विद्यमान तरलता संकट चाँही कहिलेसम्म रहला भन्ने यहाँलाई लाग्छ ?
यो यसै भन्न सकिदैन । जुन किसिमको अहिले इन्डिकेसनहरु देखिरहेका छौ । त्यो अनुसार अझै पनि २–३ महिना जाने चाँही म प्रष्ट रुपमा देख्छु । सबैभन्दा ठुलो राहत आउने भनेको एक त बैकहरुले आफैले लिनुपर्ने स्टेप त लिइ नै सके । राष्ट्र बैकले पनि जुन किसिमको गाइड लाइन दिएको छ त्यो आइनैसक्यो । बैकहरुले साँच्चै भन्दा अहिले नयाँ लगानी ठप्प नै गरेका छन । धेरै नै कम भएको छ । सँगसँगै नयाँ डिपोजिट पनि मोविलाइज हुनप¥यो । नयाँ डिपोजिट सिस्टममा फेरी आउन पहिलो त ठुलो मात्रामा सरकारी खर्च बढनुप¥यो । जो वल्क भएर बसेको छ त्यो आउनुप¥यो । रह्यो रेमिटयान्समा खासै सुधार आउने म देख्दिन । गा्रोथ धेरै नै घटदै गएको छ । नयाँ डिपोजिडका स्रोतहरु कहाँबाट आउने त भन्दाखेरी सिस्टममा भएका पैसा बाहेक बाहिरबाट आउने पैसा भनेको एउटा चाँही के भने जस्तो मिडियाहरुमा मैले पढेँ बचतको रेट बढाउनुप¥यो । त्यो गरे मान्छेहरुले पैसा बैकमा राख्छन् भन्ने कुराहरु आएका छन । त्यो केही हदसम्म त होला । तर त्यो भन्नुको तात्पर्य के पनि अर्थ लाग्छ भने मान्छेहरुले बैकमा पैसा नराखेर घरघरमा पैसा राखिरहेको छ । ब्याज तिनीहरुलाई बढी दियो भने त्यो बैकमा आउला ? भन्ने अनुमानबाट आएका कुरा हुन ती । त्यो बास्तविक होला भन्ने म देख्दिन । त्यसकारण तत्कालै यो सुधार हुने म देख्दिन । तरलता समस्याको प्रभाव बैकहरुमा परिरहेको छ । हरेक नयाँ डिटपोजिट चाहे व्यक्तिगत होस् वा संस्थागत सबैमा ब्याजदर बढीरहेको छ । कमसेकम १२ प्रतिशतमा सबैले परिमार्जन गर्ने अवस्था छ । कुनै–कुनै बैकले १ वा २ बर्ष भएर ५ बर्षसम्मको स्कीमहरु निकाली सकेका छन डिपोजिटमा बलियो हुन । यसको अर्थ के भने यसले अव डिपोजिट लागत चाँही लामो समयका लागि बढाउँने भयो । लामो समयसम्मको प्रभाव पर्ने भएपछि ऋणमा पनि तुरुन्त ब्याजदर घट्न सक्ने सम्भावना क्षीण भएर गएको छ ।
५) अन्त्यमा, तपाई नयाँ सिइयो भएर आइसकेपछी बैकले केही नयाँ योजना र कार्यक्रमहरु पनि बनाएको छ की ?
हाम्रो दुइ वटै छ । यो बर्ष के गर्ने बाँकी ६ महिनामा र अघाडी बैकलाई ४–५ बर्षको दौरानमा कहाँ लैजाने, कहाँ पु¥याउने भन्ने कुरा हाम्रो विस्तृत रुपमा छलफल भइसकेको छ । म आएपछि सबै शाखाहरु घुमेर सिनियर म्यानेजमेन्ट टीम बसेर छलफल पनि गरेर खाका तयार गरिसक्यौं । त्यो बोर्डमा राख्दैछौ, सायद हाम्रो त्यो तुरुन्तै एप्रुभल पनि हुन्छ । यो बर्ष हामीले थप ६ ओटा शाखा खोल्ने कोसिसमा छौं । काम भइरहेको छ । त्यो बाहेक ३ वटा अरु एक्स्टेन्सन काउन्टर पनि खोल्छौ । यो बर्षको लागि त्यो भयो । त्यो बाहेक बाँकी राष्ट बैकको निर्देशन अनुसार पनि र हामीले गरिरहेको भुकम्प प्रभावितको प्रत्यक्ष ऋण दिने कुराहरुमा सिस्टमेटिक रुपले अघाडी लानका लागि एउटा टीम नै बनाएर २९ वटा शाखाबाट कार्यक्रम अघाडी बढाउने सोच बनाइरहेका छौ । त्यसको लागि फण्डिङ पार्टनरहरु पनि खोजेर काम गर्न खोज्दै छौ । अर्को बाञ्च लेस बैकिङमा पनि जाँदैछौ । कमसेकम २० ओटा जति बाञ्च लेस बैकिङ हामी गर्ने भनेर लक्ष्य लिएर अघाडी बढेका छौ । यो बर्षका लागि त्यो भयो । आगामी बर्षहरुमा कसरी जाने भन्ने कुराहरुमा अग्रेसिभ टाइपले नै जान्छौ । अहिलेको माहोलले प्रष्ट रुपमै झन् देखाएको लेडिङको भन्दा पनि डिपोजिटमा कसरी मजबुत बन्ने, कसरी बैकलाई दह्रो बनाउने भन्नेमा हाम्रो प्राथमिकता छ । त्यो बाहेक लेडिङ बढाएर ब्याज आम्दानी गर्ने सोच त छँदैछ, त्यो बाहेक पनि अरु आम्दानीका स्रोतहरु क्याच गर्ने रहेको छ । ग्राहकको आधार बढाउने, नेटवर्क प्वाइन्टहरु बढाउने, रेमिटयान्सको बिजनेस बढाउने, कार्डको बिजनेस बढाउने, ट्रेर्ड फाइनान्सको बिजनेस बढाउने यस्तो तिर बढी फोकस भएर अघी बढनेछौ । यसरी प्राइभेट सेक्टरको बैकहरुमधये टप १० बैकमा रिपोजिसन गर्ने भन्ने लक्ष्य लिएका छौ ।
प्रस्तुती : रिसव गौतम
प्रकाशित मिति २०७३-११-११
फेसबुकबाट तपाईको प्रतिक्रिया