माछापुछ्रे बैंकको लेकसाइड शाखा स्थानान्तरण

बिजनेसपाटी १२ असार ।
माछापुछ्रे बैंक लिमिटेडले आज आषाढ १२ गते मंगलबारका दिन देखि संचालनमा आउने गरी आफ्नो वाराही चोक स्थित लेकसाइड शाखालाई हल्लन चोकमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के. सी. ले गरे । साथै उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद माननीय सूूर्य बहादुुर केसी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।
नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बंैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेका बताएको छ ।
यस बंैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।
उक्त शाखाहरु समेत बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया