माछापुछ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

बिजनेसपाटी २८ जेष्ठ ।
माछापुछ्रे बैंकमा आज सोमबारबाट सुुमन शर्माले प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् ।
२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका थिए । सो पश्चात शर्माले एनएमबि बैंक र  माछापुछ्रे बैंक हुदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।  माछापुछ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका थिए ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया