माछापुछ्रे बैंकले हकप्रद अावेदनको समय थप्यो

काठमाडाैं २४ पौष
माछापुछ्रे बैंकले हकप्रद भर्ने समय थप गरेको छ । हकप्रद भर्ने अाज अन्तिम दिन रहेकोमा ७ दिन थप गरेको कम्पनीले जनाएको छ ।
आउँदो माघ २ गते सम्म शेयरधनीले आवेदन दिन पाउने भएका छन् ।
साबिक शेयरधनी र कार्तिक ११ गतेसम्म दोस्रो बजारबाट शेयर खरिद गरेका शेयरधनीले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले २ शेयर बराबर १ काे अनुपातमा हकप्रद खोलेको हो ।
१ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद खोलेको भएपनि निश्चित समयमा पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको सिभिल क्यापिटले जनाएको छ । कम्पनीले गएको वर्षको मुनाफाबाट २०.७५ प्रतिशत बोनस समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया