माटो बगाई रहेछन् (कविता)

-नर्मदेश्वरी सत्याल,नायाँबानेश्वर

अर्काको धर्तीमा सहारा पाएर
सुरक्षित छु भन्ने मेरा साथिहरु
बुढेसकालको गति र नाति नसोची
किन मौन बसि रहेछन् ?

मेरो दुरदर्शिता अपार छ भन्दै
देश बेचेर खुसियाली मनाउनेहरु
बालुवामा पालुवा सजाँउछु भन्नेहरु
किन मलिलो माटो बगाइ रहेछन् ?
अर्काको देशमा जिउ सजाइ रहेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया