माण्डु हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं २४ भदौ २०८०। 

माण्डु हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन परेको थियो । जसमध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र शेयर पाउन योग्य भएका थिए ।

यस हिसाबमा १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया