मातृभाषा शिक्षा चेतना र्याली भव्यताका साथ सम्पन्न
विजनेशपाटी २५ साउन ।
२२ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवशरमा काठमाडौं, ललितपुर, भक्तपूरमा रहेका मातृभाषाका विद्यालय लगायत अन्य विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा मातृभाषा प्रेमीहरुले एक बृहत र्याली सम्पन्न गरेका छन् । र्यालीमा सहभागिहरुले संयुक्त राष्ट्र संघ को २२ औं अन्तराष्ट्रिय आदिवासी दिवशको नारा शिक्षामा मातृ भाषाको अधिकार लेखिएको प्लेकार्ड हात हातमा बोकी ललितपुरको यल ढोखाः (पाटन ढोका)बाट शुरु भई ललितपुरको भित्रि शहर परिक्रमा गरि पुल्चोक पुगेर संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझएका थिए । ज्ञापनपत्र बुज्दै संयुक्त राष्ट्र संघ नेपालका सुचना विभाग प्रमुख रामबहादुर शाहाले यस बर्षको संयुक्त राष्ट्र संघले निर्धारण गरेको नारा ‘शिक्षामा मातृभाषाको अधिकार’ लाई समर्थ गरेकोमा धन्यवाद व्यक्त गरे । सोहि क्रममा ज्ञापनपत्र बुझाउन गएका सताव्दी पुरुष तथा संस्कृतिकबिद् सत्य मोहन जोशी, मानव अधिकारकर्मी मल्ल के सुन्दर, नेवा एक्यबद्धता पुचका अध्यक्ष डा महेश मान श्रेष्ठ, व्यावसायी तथा नेपाल भाषसेवी लक्ष्मीदास मानन्धर, नेवा बस्ती नेवा बिद्यालयका अभियानकर्ता दिपक तुलाधरले नेपाल सरकारले शिक्षा नीति र मातृभाषा नीतिमा राम्रा राम्रा कुराहरु ल्यायजस्तो गरेतापनि व्यवहारमा भने कतै लागु नगरेकोप्रति चिन्नता व्यक्त गरे ।
भोलिका दिनदेखि नेपाल सरकारले यस बिषयमा गंभिर हुनुपर्ने र संयुक्त राष्ट्र संघले पनि यस बिषयमा सरकारको ध्यान आकर्षण गर्नुपर्ने उनीहरुको जिकिर थियो । ज्ञापनपत्र बुझउने क्रममा पत्रकार गणेश राई, पूर्व सह-सचिव तोयनाथ भट्टराई, अवधि साहित्यकार बिक्रम त्रिपाठी लगायतले आ-आफ्नो भनाई राखेका थिए । जवाफमा शाहाले संयुक्त राष्ट्र संघ र नेपाल सरकारसमक्ष यो सकारात्मक सन्देश पुर्याउने प्रतिवद्धता जानाए । र्यालीमा नेवा बस्ती नेवा स्कुलका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, माउन्ट ओलीभ माविका प्रधानाध्यापक बिशाल याम्फु, अन्नत माविका अर्जुन बस्नेत, आदर्श उच्च माविका सचिर महर्जन, काठमाडौं नेवा किण्डरगार्टेनका निर्देशक राजेन्द्र महर्जन, लुभु नेवा इङ्लिस स्कुलका संयोजक गंगा बहादुर नेम्कुल, थेचो नेवा इङ्लसि स्कुलका प्रधानाध्यापक नविन थेचोमी, नेपाल आदर्श माविका प्रधानाध्यापक वरुण वैद्य, जुद्दोदय मावि, भासरा मावि, मोर्डन नेवा इङ्लिस स्कुल लगायत दर्जनौ स्कुलहरु र्यालीमा सहभागि थिए । ज्ञापनपत्र बुझाएलगत्तै र्याली समापन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया