मानवबाटै मानवता बेचिएको सहरमा छु (गजल )

 

मानवबाटै मानवता बेचिएको सहरमा छु

साथ पाए त्यही फिर्ता लिइ आउने रहरमा छु

 

मान्छे माथी कुल्चिएर मान्छे हिड्न थालेपछी

म पनि त त्यही मान्छे उस्तै उस्तै प्रहर्मा छु

 

पन्छी बनि उड्न अनि सागर बनि बग्न खोज्छु

तर अफ्सोच त्यही सानो कुलो अनि नहरमा छु

 

तिमि देउ तिम्रा हात मैले दिदा हामी हुन्छौ

सङै अघि बढै साथी म त त्यही लहरमा छु

 
आज मेरो मत्र स्वप्न तिम्रो पनि बन्यो भने

मानबता पक्कै फिर्ता आउछ भन्ने ठहरमा छु

             -सुमित्रा चौलागाईं  ढकाल 

फेसबुकबाट तपाईको प्रतिक्रिया