मायालुलाई सम्झेर मुर्छा परे अर्जुन ( भिडियो सहित)

बिजनेसपाटी १० पौष
गायक अर्जुन केसीले श्रोता दर्शकहरु माझ कोशेली लिएर आएका छन । केसीले ‘फुलको दिलमा पथ्थरले हान्दियौ, तिम्लाई सम्झी रुँदा रुँदै मुर्छा परेछु’ बोलको लोकगीत लिएर आएका हुन् । माया पिरतीमा आधारित उनको यस लोकगीत दुइ दिन अघिमात्र युटुब मार्फत सार्वजनिक गरिएको हो । फुलको दिलमा…बोलको यस गीतमा गायक अर्जुन केसी र कोपिला छिनाले स्वर भरेका छन । शिवदर्शन फिल्मस् प्रालिले बजारमा ल्याएको यस गीतमा संगम परियारले संगीत दिएका हुन भने लय कोपिला छिनालको नै रहेको छ । गीतमा अर्जुन केसी, आशा खड्का र संगम परियारले अभिनय गरेका छन । त्यसैगरी गीतको भिडियो निर्देशन सिर्जना बराल, छयाँङकन रेशम दर्लामी र सम्पादन प्रविन रेश्मीमगरले गरेका छन ।

भिडियो हेर्न तलको लिङकमा क्लीक गर्नुहोस् 

फेसबुकबाट तपाईको प्रतिक्रिया