मालपोत कार्यालयका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

काठमाडौं १८ मंसिर ।

मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया