माल्दोका उपप्रधान र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौं, ७ चैत, २०८१ । नेपाल भ्रमणमा रहेका माल्दोका उपप्रधान तथा परराष्ट्रमन्त्री मिहेल पोप्सोइ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच शिष्टिाचार भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको होे । दुईबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत थियो ।
प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिता जनाउन माल्दोभाका परराष्ट्रमन्त्री मिहेल पोप्सोइलाई आग्रह गरेका छन् ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया