माेबाइल सेवा आज राति १२ बजेदेखि अवरूद्ध हुनसक्ने

काठमाडौं–३ मंसिर

 नेपाल टेलिकमले जीएसएम र  सीडीएमए सेवामा शुक्रबार राति १२ बजेपछि अवरोध आउन सक्ने जनाएको छ। जीएसएम पोष्टपेड मोबाइल सेवालाई सिफ्टिङ गर्न प्राविधिक कामहरु गर्नु पर्ने भएकोले टेलिकमले सो  सेवामा समस्या आउन सक्ने हुनाले आमउपभोक्तामा पूर्वसूचना जारी गरेको हो।

टेलिकम प्रवक्ता प्रतिभा बैद्यका अनुसार शुक्रबारको राति १२ बजेपछि शनिबार बिहान ३–४ बजेसम्ममा उक्त प्राविधक काम सक्ने टेलिकमको योजना रहेको छ। यसबीचमा सेवा अवरुद्ध हुन्छ नै भन्ने त छैन। तर, अवरुद्ध हुन पनि सक्ने भएकोले हामीले उपभोक्तालाई पूर्व सचेत गराएका हौं’- उनले भनें ।  जीएसएम तथा सीडीएमए सेवा अन्तर्गतका भ्वाइस कल, डाटा, एसएमएस, वाइम्याक्स, रिचार्ज जस्ता सेवा अवरुद्ध हुनसक्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया