मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं, ३ पुस ।

लगानीकर्तालाई मिसन डेभलपमेन्ट बैंकले  २० प्रतिशत बोनस शेयर दिने भएको छ ।  गत आवको नाफाबाट बैंकले ८ करोड ६५ लाख ४६ हजार ७ सय मूल्य बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

बोनस शेयर प्रस्ताव पारितका लागि पुस २७ गते बैंकको साधारणसभा दाकिसकेकोले पुस १६ गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताहरुले बोनस शेयर पाउनेछन् ।पुस १६ गतेदेखि २७ गतेसम्मको लागि शेयरधनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया