मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आइ केयर सिस्टमको सेवामा छुट

काठमाण्डौ ३ चैत्र २०७७ ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया