मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

काठमाण्डौ १६ मंसिर २०७७ ।
मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाट, काठमाण्डौ स्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास आज गरिएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गर्नु भएको हो । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ ।

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहनु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया