मुक्तिनाथ विकास बैंकले गर्याे कञ्चरपूरमा बैशाखी वितरण
कञ्चरपूर, चैत ६, २०८१ । मुक्तिनाथ विकास बैंक र अपाङ्गता संरक्षण नेपाल संस्थाको साझेदारीमा मुक्तिनाथ विकास बैंकले कञ्चरपूरमा वैशाखी वितरण गरेको छ । कञ्चनपुरका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकले बैशाखी वितरण गरेको हो।
देशभरका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले दैनिक कार्य गर्न असहजता भएको भन्दै बैशाखी र सेतो छडीको माग गर्दै अपाङ्गता संरक्षण नेपालमा निवेदन दिने गरेका थिए । त्यसपछि संस्थासँगको समन्वयमा बैंकले बैशाखी वितरण गरेको हो। यो सहयोगले उनीहरूको दैनिक जीवनमा राहत पुग्ने विश्वास मुक्तिनाथ बैंकले लिएको छ।
यसैबीच, बैंकले हालै ‘मुक्तिनाथ फाइदा’ एप सञ्चालनमा ल्याएको छ, जसले एकै मोबाइलमार्फत धेरै सुविधा लिन सकिने सुविधा प्रदान गर्छ। साथै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्नेलगायतका सेवाहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया