मुखर्जीलाई विप्लवको प्रश्न–’नेपाल भारत सम्बन्धमा ‘विशेष’ के छ?’

काठमाडौं २० कार्तिक 

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको धारणाको खण्डन गरेका छन्। शनिबार राजधानीमा आयोजित भेलामा उनले मुखर्जीको धारणाको खण्डन गर्दै प्रश्न समेत गरे, ‘नेपाल र भारतको सम्बन्धमा विशेष के छ?’

भारतीय राष्ट्रपतिको भ्रमणमा आफुहरुले नभई सरकारले नै नेपाल बन्द गरेको आरोप उनले लगाए। ‘सरकारले बिदा किन दियो? त्यो नेपाल बन्द त हो,’ ।  विप्लवले टिप्पणी गरे, ‘आएका मान्छेले भने धन्यवाद छ, नेपाल र भारतको विशेष छ। कसरी विशेष छ के विशेष छ?’

विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा र राष्ट्रपति मुखर्जी आउँदा भन्ने कुरा एउटै ‘विशेष’ हुने गरेको । ‘विशेषभित्र नेपाललाई हाम्रो वरिपरि घुम्ने बनाउनुपर्छ भन्नेछ,’ उनले भने, ‘विशेष शब्दमा स्वाधीनता र सम्मान छैन।’

विप्लवले भारतको संविधान नेपालको अन्तरिम संविधान जत्तिको पनि नभएको तर्क गर्दै भारतद्वारा निर्देशित भएर नेपालको समस्या समाधान हुन नसक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया