मुखर्जी फर्केकै दिन किन जादै छन् देउवा दिल्ली ?

नयाँदिल्ली ९ कार्तिक ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् । भारतीय जनता पार्टी निकट थिङ ट्याङ इन्डिया फाउन्डेसनले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भारत आउन लागेका हुन् । उनको उच्च राजनीतिक भेटघाट २० र २१ गते हुनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया