
ललितपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोको कारण अवरुद्ध उक्त सडकखण्ड अझै पनि सञ्चालन हुन सकेको छैन । पहिरोका कारण शुक्रबारदेखि नै सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनहरु अलपत्र परेका छन् ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि माथिबाट ढुंगा खस्न भने रोकिएको छैन । एकतर्फी भए पनि सडक सञ्चालनमा आउने भने पनि अझैसम्म पनि पहिरो नरोकिएका कारण उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
दशैका लागि अग्रीम टिकट लिएका यात्रुहरुको टिकटको डेट सारिएको छ भने नयाँ टिकट बुक समेत बन्द गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरू गरिएको हो ।
यसैबीच, तीनदिनदेखि पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई विभिन्न निकायको सहकार्यमा निःशुल्क खाना र खाजा वितरण गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया