मुर्तिकारिताबाट बदलिएको यादव र ठाकुरको जिन्दगी

राजु शाह कानु

बारा १० माघ

हिन्दी भाषामा भनिएको छ “मिटिको मिटि ना समझ मुर्ख, ये तो भगवान है” यो भनाइलाई सार्थक बनाएका छन् मुर्तीकार नारायणप्रसाद यादव र विन्देश्वरी ठाकुरले । वि.स. २०२८ सालमा रामपुर टोलमा जन्मेका नारायणप्रसाद यादव कक्षा ४ देखी नै मुर्ती बनाउदै आएका हुन् । कक्षा चारमा पढ्ने क्रममा यादव र उनका साथीहरु भारतको रक्सौलमा सरस्वती पूजाको मुर्ती किन्न गएका थिए । त्यहाँ मुर्तीको मूल्य महँगो भएको कारणले आफै मुर्ती बनाई पुजा गर्ने निधो गरी यादव फर्किए । त्यस बर्ष मेहनत गरेर मूर्ती बनाउन त बनाए तर आफुमा मुर्तीकार नै बन्छु भन्ने चाँही सोचेको थिएन । उनले भने, ‘आपूmमा मूर्ति बनाउने कला छ भनेर त्यसबेला विश्वास नै भएन ।’m1
मुर्तीकार नारायणप्रसाद यादवले बाल्यकालमा बनाएको मुर्तीलाई समाज र इष्टमित्रले प्रशंसा गरे । त्यसपछी उनी विस्तारै मुर्ती बनाउन अग्रसर भए र फलस्वरुप उनी मुर्तीकारको रुपमा आफुलाई चिनाउन थाले । उनी अझै पनि सम्झन्छन ती दिन, जुनवेला उनलाई प्रति मुृर्ती ३० देखी ४० रुपियाँ पाउथे र हर्षको सिमा हुन्थेन । ७ कक्षामा पढ्दै गर्दा यादवको विहे गरे । विहे भएको २ बर्ष नबित्दै आमा र बुवाको मृत्यु पश्चात यादवमाथी आर्थिक बोझ, समाजिक दायित्व र पारिवारिक जिम्मेवारी थपियो । अन्तत परिस्थितिले उनलाई त्यसबेला आर्थिक रुपमै कमजोर तुल्यायो ।
तर नारायणप्रसाद यादव हार मानेनन् आफनो जीवनबाट । लामो संघर्ष र अटल प्रयासले उनलाइ सफलताको सिढी चढ्ने मार्गदर्शन प्रदान गर्दै गयो । दशैमा दुर्गा भवानीको मुर्ती, विश्वकर्माको मुर्ती, सरस्वती पुजामा सरस्वतीको मुर्ती, यज्ञ तथा मेलामा मुर्ती बनाउनको लागि माग बढ्दै गयो । कुशल मुर्ती बनाउने क्षमता अभिवृद्घि भएसगैं उनले बनाएका मुर्तीको माग बढ्ने क्रम पनि वढ्यो । मुर्तीको कमाईबाट उनले आफनै गाउँमा ५ कोठे पक्की घर बनाए र अर्को ५ कठ्ठा जग्गा पनि खरिद गरेका हुन । २ छोरा र १ छोरीको बिहे गराई सकेका यादव अहिले कान्छी छोरीलाई कक्षा १० मा पढाउदै छन । अहिले यादवसँगै उनको आफनै दाइको २० बर्षे छोरा राकेशप्रसाद यादव पनि मुर्ती बनाउने भएका छन । राकेश मुर्तीकार मात्र हैनन् उनी पेन्टरकार पनि भएका छन । सरस्वती पुजाको मुर्ती बनाउन ब्यस्त नारायण र राकेश मिलीजुली काम गर्छन् । राकेश आर्ट नामक पसल सञ्चालनमा ल्याए देखी उनलाई घरपरिवार चलाउन सहज भएको छ ।
त्यस्तै अर्को पात्र रहेका छन् ४५ बर्षिय विन्देश्वरी ठाकुर । उनी १८ बर्ष देखी मुर्ती व्यवसायीक रुपमा बनाउदै आएका छन । उनलाई अझै पनि सम्झना छ १८ बर्ष पहिलेका दिन । जुनवेला उनलाई ५ सय नगद र शैक्षिक सामागी्रबाट सम्मान गरिएको थियो । नेपालको शिक्षा पाठ्यक्रममा केही समय पहिला पूर्व व्यवसायिक विषय अध्यन गराइन्थ्यो । त्यही बिषयको जिल्लास्तरीय प्रयोगनत्मक परिक्षामा उनी प्रथम भएका थिए । त्यही पाठ्यक्रमबाट प्रभावित भएर उनी व्यवसायिक रुपमै मुर्ती बनाउन निधो गरे ।m4

विन्देश्वरी ठाकुर आफनो ३ छोरालाई पढाएर सहजै घर परिवार चलाइरहेका छन । विश्व प्रख्यात गढीमाई मेलामा बनाएका मुर्तीहरुले वाह–बाहको पात्र बनाएको थियो । मुर्तीकार ठाकुर मुर्ती बेचेर करिव ४ कठठा जग्गा खरिद गरेका छन भने ३ सन्तानलाई सजिलै पढाइरहेका छन । उनी घरपरिवार तथा सन्तानको शिक्षा खर्च कटाएर बाँकी पैसा बचत गर्ने गरेका छन । मुर्तीकार विन्देश्वरी ठाकुरले सहयोगीको रुपमा ड्रेस पन्डित र विरेन्द्र ठाकुरलाई जागिर दिएका छन ।

मुर्तीकार नारायणप्रसाद यादव र विन्देश्वरी ठाकुर जस्तै अन्य मुर्तीकारहरुलाई अहिले भ्याई–नभ्याइ छ । उनीहरु प्रति मुर्ति १५ सय देखी ३ हजार सम्म बिक्री गर्ने बताउन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया