मुलुकभर टेलिकम ग्राहकलार्इ नि:शुल्क एसएमएस सुविधा

काठमाडौं २९ श्रावण

मंगलबारसम्मका लागि  नेपाल टेलिकमले  एसएमएस नि:शुल्क गरेको छ।

यो सुविधा आइतबार देखिनै कार्यान्वयनमा आएको छ। बाढीको सूचना आदान/प्रदान गर्न सजिलो होस् भनेर टेलिकमले एसएमएस नि:शुल्क गरेको प्रवक्ता प्रतिभा वैद्यले बतार्इन्। मंगलबारसम्म टेलिकम प्रयोगकर्ताले एसएमएस पठाउँदा शुल्क तिर्नुपर्दैन।

टेलिकमले साउन ३१ गतेसम्म एसमएस नि:शुल्क गरेको हो। बाढी प्रभावित क्षेत्रमा विजुली अवरुद्ध छ भने त्यहाँ रहेका सबै पसलहरु पनि डुबेका छन्। यो आपतकालिन अवस्थालार्इ ध्यानमा राखेर टेलिकमले एसएमएस सेवा नि:शुल्क गरेको हो।अघिल्लो वर्ष भूकम्प जाँदा टेलिकमले केही दिनसम्म डेटा र भ्वाइस दुबै नि:शुल्क गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया