मेगा बैंककी सिईओ खुञ्जेलीलाई उत्कृष्ट महिला व्यवस्थापक

बिजनेसपाटी २४ माघ

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत ( सिईओ) अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापकको अवार्डबाट सम्मानित भएकी छिन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)को शुक्रबार  सम्पन्न साधारणसभाबाट उनी उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भएकी हुन् । खुञ्जेली वाणिज्य बैंकमा पहिलो महिला सिईओ हुन् ।

यसैगरी म्यानेजर अफ दि इअरको उपाधीबाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ ।

नेपाल व्यवस्थापन संघले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकको रुपमा म्यानेजर अफ दि इअरबाट सम्मानित गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया