मेगा बैंकको संचालन मुनाफा ५२ प्रतिशतले बढ्यो

काठमाडौं–१५ बैशाख

मेगा बैंक नेपाल लिमिटेडको संचालन मुनाफा ५२ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैँया पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म बैंकको संचालन मुनाफा ६८ करोड १९ लाखबाट बढेर १ अर्ब ४ करोड पुगेको हो । कुल संचालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको बैंकले जनाएको छ । दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुदब्याज आम्दानी ५३.७१ प्रतिशतले बढेको छ । खुदब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो ।

तेस्रो त्रैमासिकसम्म आइपुग्दा बैंकले ५२ करोड ४९ लाख मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड  ११ लाख कमाएकोमा दोस्रोमा पुग्दा ३९ करोड ३६ लाख मुनाफा पुगेको थियो ।

मर्जरका लागि नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशिघ्र संयुक्त कारोबारको तयारी भइरहेको बैंकले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया