मेलम्ची काठमाडौंमा यो बर्ष पनि नआउने

काठमाडौं,१ पुस  ।

काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको मेलम्ची उप आयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, बर्षा सुरु हुनु अगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौ । त्यो काम सकेपछि अर्को बर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउनेछन् । हामी घर घरमा पानी पुर्याउने योजनामा छौं ।यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया