मेलम्ची खानेपानी : यसकारण सुरुङ खन्न ढिला भयो

काठमाडौं १ चित्र

मेलम्ची खानेपानीको अब ४ मिलोमिटर मात्र सुरुङ खन्ने काम बाँकी छ ।

आयोजनाका अनुसार मुख्य सुरुङको २६ मध्ये २२ किमि सुरुङ खन्ने काम पुरा भइसकेको खबर आजको कान्तिपुरमा छ ।

सिन्धु – ग्यालथुङ खण्डको ८ किमि सुरुङमा कमजोर भौगर्भिक अवस्थाका कारण समस्या भएकाले खन्ने काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।

सरकारले असोजमा उपत्यकामा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता जनाइसकेको हुँदा साउनभित्र सुरुङ खन्ने काम पुरा गरिसक्नुपर्ने आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया