मेलम्ची ठेकेदार कम्पनीलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं ५ मंसिर

-मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपुर्ति दिनुपर्ने निर्णय गरेको हो ।

ठेकेदार कम्पनी ईटालियन को—अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी ले भुकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै रोकेर एक अर्ब ६५ करोड क्षतिपुर्ति दाबी गरेको थियो ।

आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार सोही विवाद समाधान गर्न बनेको समितिले १ अर्ब ६५ करोडको सट्टा ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तान गर्ने निर्णय गरेको हो ।यो खबर आजको नागरिक दैनिकमा  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया