मेसी जेल जानु नपर्ने

 एजेन्सी बार्सिलोना, असार २२

स्पेनको अदालतले मेसीलाई २१ महिना जेल र २.३ मिलियन डलर जरिवाना सुनाए पनि उनी जेल जानु नपर्ने भएको छ।

स्पेनी कानुनअनुसार मेसी पहिलोपटक कर छलीमा दोषी पाइको र उनलाई अदालतले सुनाएको जेल सजाय दुई वर्षभन्दा कम भएकाले उनी जेल जानु नपर्ने भएको हो।

अदालतले यो सजाय दुई वर्षभन्दा बढीको सुनाएको भए वा दोस्रो पटक कर छलीमा परेको भए उनी जेल जानु पर्थ्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया