मैनवत्तीभित्र युगकवि सिद्धिचरण

स्वयम्भू शाक्य


रुनु आफैमा दुख्नु हो । दुख्नु आफैमा रुनु होइन । तर कहिले काहि खुशीमा पनि मान्छे रुने गरिन्छ । यो विरलै पाइने भावको अनुभूति हो । जब मान्छेको मुटुमा काँढाले घोच्न ठाल्छ तब भित्र भित्र घाऊ वनेर पीडाले मान्छेहरु रुने गरिन्छ । मनैवत्ती जस्तै आखाँवाट पीडाहरु तुर तुर नस्किन सक्छ । रोक्न गाह्रो छ । समाल्न गाह्रो छ । वुझाउन गाह्रो छ । बुझ्न गाह्रो छ । किनकि व्यथा लागेर रोइरहेको वेला आफूलाई त कहिले निको होला भन्ने पीर पो परिरहन्छ । त्यस्तो वेला मान्छेले भविष्यको कल्पना गर्न सकिदैन । उसलाई त आज के गँरु भन्ने मात्र चिन्ता छ । भोलिका कुरा भोलि नै गरौला भनी पन्छिन् थाल्छ । हो मैनवत्ती बल्छ तर मैनवत्तीले आँशु चहाई रहेको हामी देख्दैनौं । अन्धकारले साम्राज्य फैलाई रहेको वेला यौटा मैनवत्तीले आफनो आलोक छरेर सघर्ष गरिरहेको कुरा पनि हामी वुझ्दैनन् । बुद्ध जस्तो ध्यान मग्न भएर मार्गदर्शन दिइरहेको कुरा पनि हामी सोच्दैनौं । त्यसैले मान्छेहरु भन्ने गरिन्छ, मैनवत्री त अन्धकारको शत्रु हो । खुशीयालीको दीप हो । ज्ञानको ज्योति हो । न्यायको प्रतीक हो । विद्रोहको अग्नि ज्वाला हो । बाटो देखाउने गुरु हो । शान्तिको प्रतीक हो । आशाको किरण हो । जो आफू जलेर अरुलाई उज्यालो दिन्छ । निशब्द र शान्त भएर अर्काको उपकार गर्छ । त्यस्तो मैनवत्तीलाई हामीले किन समयमैं चिन्न सकेनौं ? यो त दुर्भाग्यको कुरो हो । तर समय धेरै वितिसकेको छ । तैपनि युगकवि सिद्धिचरण श्रेष्ठले मैनवत्तीलाई हामीले किन चिन्न सकेनौं भनी प्रश्न गरिदैछ । दुर्भाग्यभित्र पनि भाग्य हुँदो रहेछ भनी मैनवत्तीको गुणगान गाउँदैछन् । त्यसैले अन्धकार, अज्ञान, र मोहको जब्वर मुठोलाई यौटा मैनवत्तीले पनि विस्तारै विस्तारै सल्काइ रहेछन् ।
हो, मेरो जीवन पनि त्यस्तैं रहेछ । म रुन्छु तर किन रोइरहेको छ भनी अरुलाई थाहा छैन । म बलिरहेको छु तैपनि किन अरुलाई बलिरहेको थाहा छैन । यो अथाह सागरमा रुनु र सक्नुमा नै जीवन वितिरहेको छ । चुम्वकले ताने जस्तै थाहै नपाई लम्किरहेछ । कहाँ, कुन बाटो पुग्ने हो ? त्यो बाटो अध्यारो या उज्यालो कस्तो छ । मैले मैनवत्तीलाई सोधे तिमीले पनि मलार्ई साथ दिनु पर्छ । बरु तिमी रोएको वेला म पनि रोई देऊला । तिमी जलेको वेला म पनि जलि देऊला । तिमी निभेको वेला म पनि निभि देऊला । तिमी निशब्द भई बसिरहेको वेला म पनि मौनब्रत बसि देऊला । त्यसैले यो मेरो जीवन तिम्रैंलाई समर्पित छ । तिमी जे चाहन्छौ मलाई त्यस्तै गरे हुन्छ । म त तिम्रो जीवनदेखि धेरै धेरै अनुग्रित छु । भित्र भित्रैं जतिसुकैं पीडा भए पनि रोई रोई अर्काको लागि उपकार गर्न चाहन्छौं । बाटो नदेख्नेहरुका लागि बाटो देखाउन चाहन्छु ।

अन्धकारलाई हटाउन म पनि मैनवत्ती जस्तै बल्न चाहन्छु ।
तुरतुर तुरतुर आँसु चहाई मैनवत्ती रोइरहेछौं
तमको जब्वर मूठो छिल्दै विस्तारै सकिइरहेछौं
म पनि त यस्तैं जल्दै र रुदैं सिद्घिनतिर लम्किरहेको
केही छिन पछि कता हो कहाँ या बलेको या त निभेको ।

हामी त दुवै रुन्चे रहेछौं । बरु रोएर जीवन विताए पनि तर आफनो व्यथा कसैलाई सुनाउन चाहनौं । किनकि यो व्यथा त्यति सजिलैं बुझ्न सक्दैनन् । जति मलाई जस्तै तिमीलाई पनि व्यथा लागोस् । त्यसैले म त मैनवत्तीलाई मीत भन्न चाहन्छु । चाहे चाडपर्वमा बोलाउन नसके पनि, चाहे ईश्वरको अगाडि बसेर मीत नलगाए पनि के फरक भो र ? आखीर मन मिलेपछि , आखीर कर्म मिले पछि , आखीर लक्ष्य मिलेपछि ,आखीर सुख र दुःख उस्तै भए पछि मीत नभने अरु के भन्नु र ? सवै कुराहरु मिलेपछि अपनत्व नभए अरु के हुन्छ र ? त्यसैले मीतज्यू हामीले त्यस्तो कुरोको खोजी गरौं जुन कुरालाई युगैं युगसम्म याद गरुन् । जीवनका सवै कुराहरुलाई समेटेर यौटा त्यस्तो गीत गाऊ जुन गीतलाई युगै युगसम्म गाई रहुँन् । हाम्रो स्वर नमीठो भएर के भो ? डाँफे, मुनाल र कोइलीहरुलाई पनि गाउन देऊ, वन जंगलमा रुखका पातहरुलाई पनि सुसेल्न लगाउन देऊ, नदी–नाला र झरनालाई पनि हाम्रो गीतमा संगित भर्न लगाई देऊ । टुटेफुटेका कुराहरुमा बसन्त बोलाई हरियालीले लिप्न देऊ । अनि त हाम्रो गीत मीठो हुनेछ । मीठो गीत गाएर मान्छेहरु पनि गुन गुनाउँने छन् । जीवन यात्रामा कतैं नैराश्यपन छोडी हाँसी खुशी जीवन विताउने छन् ।
जल्नु र रुनुको पनि सार छ । मान्छे त्यसै जल्दैनन् ,मान्छे त्यसै रुन्दैनन् । किनकि जल्नु आफ्नो शरीर बालेर अर्कालाई ताप दिनु हो । रुनु दुःख सहन नसकेर आँसु झार्नु हो । त्यसैले यो जीवनलाई सार्थक वनाउनु छ भने तिमी पनि मैनवत्ती जस्तै बलेर हरे । त्यसभित्र के छ ? अनि मात्र तिमीले थाहा पाउने छौं । होइन भने तिमीले मेरो प्रिय मीतको अर्थ बुझ्ने छैनौं । ऊ कसरी रुन्छ । ऊ कसरी हाँस्छ । ऊ कसरी जिउँछ । ऊ कसरी मर्छ । तिमीलाई के थाहा ? जब मैनवत्ती के हो भनी थाहा नहुने मान्छेले तुरतुर आँसु झरेको कुरा कसरी बुझ्न सक्छौ ?
हामी दुइटै रुन्चे, जल्ने आपसका मिल्दा मीत
खोजौ, पक्रौं हाम्रो पछि पनि रहने केही गीत
हामी दुईको जल्ने क्रमको स्वरमा कहीं त्यो गीत फुटे
जल्नु र रुनुको सार छ साथी ! जीवन यो सार्थक बने ।

सत्व, रज र तम प्रकृतिमा गुण हुन् । अज्ञान क्रोध र मोह मानवीय खराब आचारण हुन् । त्यसैले अज्ञानवाट ज्ञान, क्रोधबाट शान्त, मोहवाट त्याग गर्न सक्ने हो भने निश्चय नै तिमी पनि मैनवत्ती बनेछौ । पापवाट माथि उढेर धर्मको वाटो तिर लाग्ने छौं । अन्धकारको ठाउँलाई त्यागेर उज्यालोतिर बढ्ने छौं । यहि नै मैनवत्तीको जीवन हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले मैनवत्तीलाई मीत लगाई प्रियपात्रको रुपमा प्रस्तुत कवितामा उभ्याएको छ । दुवै रुन्चे भएर होला दुःखका गीतहरु रचना गरेर युगै युगसम्म जति गाएँ पनि नसकिने गीतहरु गाउँदैछन् । जीवन सार्थक बनाउनका लागि जल्नु र रुनुको अर्थ वुझाउदैछन् ।
प्रकासित मिति २०८१-४-२७

फेसबुकबाट तपाईको प्रतिक्रिया