मैले देखेको नेपाली राजनिती
लक्ष्मण गौतम बुटवल मणिग्राम
१० बर्षे जनयुद्दमा प्रचण्डले हजारौ मान्छे मारे त्यो १००% सत्य हो तर २८ सालमा केपी ओलीले पनि झापामा मान्छेको टाउको काटे, के यो असत्य हो ? प्रचण्डसंग अर्वौको सम्पती छ तर सम्पती कमाएको श्रोत छैन तेस्तै केपी ओलीसंग पनि काठमाण्डौ मा २-२ वटा दरबार छन र तेस्को पनि कुनै श्रोत छैन । आयोग गठन गरेर दुवैले गरेको हत्याको छानबीन गरौ, अख्तियारले दुबैको सम्पतीको छानबीन गरोस ! डढेलधुराको बिकट गाउमा जन्मेका शेरबहादुरको काठमाण्डौमा भब्य महल कहाबाट आयो ? तेस्तै माधव, झलनाथ ,बामदेव, राजेन्द्र महतो , उपेन्द्र यादव लगाएतका सबै नेताहरुले कुन ब्यापार व्यवसाय गरेर काठ्माण्डौ घर खडा गरे ? हाम्रो ९५% सबै नेताहरुले देश र जनता चुसेर अकुत सम्पती कमाएका हुन तर को बोल्ने ? छानबीन कसले गर्ने ? जेल कसले हाल्ने ? सधै भरी सत्तामा आलो पालो यिनै छन, आफ्नो जीवनस्तर उकासे तर देश लाई झन भन्दा झन कंगाल बनाए !
कसैले आफ्नी साथीलाई राष्ट्रपती बनाउने , कसैले श्रीमती लाई सभासद , सभामुख अनि मन्त्री बनाउने , आफ्ना नातागोता आसेपासे , रखेललाई लाई राजदुत अनि राजनितीक नियुक्ति दिने, टिका लगाएर पार्टीको उच्च पद दिलाउने । यहि हो जनताले खोजेको गणतन्त्र ? यसैका लागि हो हामीले रगत बगाएको ? विदेश जानका लागि पासपोट, गरिवी , महंगी , अभाव , कुशासन बाहेक जनताले के पाए ? यो देश न “उखाने” ले बनाउछन , न “गु” खाने ले बनाउछन , न अब आउने “सु” खानेले बनाउछन ! जब सम्म तपाई हामी मा चेतना आउदैन र यी भ्रष्ट नेताहरुलाई नेपाली राजनिती बाट थुतेर फालिन्न तब सम्म देश बन्दै बन्दैन ! व्यवस्था बदलियो तर नेता उनै, संसार बदलियो तर नेपाल झन बर्बाद , अझै पनि यिनै नेताको पछी किन लाग्ने ?
( लेखकको यो निजि विचार हो, हाम्रो सम्पादकीय संग मेल खादैन-स )
फेसबुकबाट तपाईको प्रतिक्रिया