मैले बुझेको एयर मार्शल

– लोकनाथ गौतम

हिजोआज नेपाल र भारत बीच नागरिक उड्डयन सम्बन्धी वार्तामा एयर मार्शलबारे काउण्टर एजेण्डाको रुपमा प्रस्ताव आएको र हवाई सुरक्षा नियमावली २०७३ अनुसार गृह मन्त्रालयको स्वीकृति लिई राख्न सकिने टोलीले जानकारी गराएको बिषय निकै चर्चामा छ । यसरी समाचार आएपछि नागरिक उड्डयन प्राधिकरणका एक जना पूर्वमहानिर्देशकज्यूले यस पंक्तिकारसंग जिज्ञासा पनि राख्नु भएको थियो । बिभिन्न राजनीतिक दलहरुबाट पनि राजनैतिक रुपमा यस व्यवस्थाको कडा बिरोध भएको पाएको छु । एयर मार्शललाई भारतले वास माग्यो भन्ने समाचार पनि आएका छन् । भारतले नेपाल आउने जहाजमा एयर मार्शल ल्याउने गरेको तथ्य सार्वजनिक भयो भन्ने अभिव्यक्तिहरु पनि सुनिएका छन् । यिनै सेरो फेरोमा आपूmले बुझेको एयर मार्शल बारे केही जानकारी गराउनु उपयुक्त हुन्छ कि भन्ने लागेको छ । हुन त राजनैतिक र कूटनैतिक बिषयबारे मलाई राम्रो ज्ञान छैन, तर प्राविधिक विषयमा एयर मार्शल के हो भन्ने कुरा सबैको जानकारी हुनु उपयुक्त हुन्छ भन्ने लागेकोले नै यो दुई शव्द कोर्ने जमर्को गरेको हुं ।
एयर मार्शल के हो ?
जहाजको सुरक्षाको सुरक्षाको लागि थ्रेट बढेको अवस्थामा एयर मार्शल राख्ने गरिन्छ । एयर मार्शललाई केही बर्षदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (International Civil Aviation Organization)  ले एयर मार्शललाई In-Flight Security Officer  भन्ने गरेको छ । शव्दकोषमा हेर्ने हो भने पनि दुबैको अर्थ एउटै भन्ने बुझिदो रहेछ । जहाजको सुरक्षामा थ्रेट बढ्यो भने सुरक्षाका अन्य उपायहरुको अलावा कुनै पनि राज्यले In-Flight Security Officer  को व्यवस्था गर्न सकिने प्रावधान International Civil Aviation Organization  ले गरेको छ । यस्तो व्यवस्था गर्दा सम्बन्धित मुलुकसंग दुबै मुलुकले आवश्यकता अनुसार In-Flight Security Officer राख्न सकिने गरी दुइ पक्षीय सम्झौता भएको हुनु पर्दछ । साथै बाटोमा पर्ने मुलुहरुसंग पनि यस्तो सम्झौता भएपछि मात्र In-Flight Security Officer राखिन्छ । यसका लागि हातहतियार सम्बन्धी जिम्मेवारी प्रायः गृह मन्त्रालयको हुने गर्दछ । यसका लागि गृह मन्त्रालय स्तरमा दुई पक्षीय सम्झौता हुनु पर्दछ । यसरी गृह मन्त्रालयसंग सम्झौता भएपछि सम्बन्धित मुलुकको नागरिक उड्डयन बिभाग वा प्राधिकरणले एक अर्का मुलुकमा गोप्य रुपमा हात हतियारको बिबरण, संख्या लगायतका बिषयमा जानकारी गराएर मात्र लागु गर्न सकिन्छ । In-Flight Security Officer राख्दा राज्यका प्रहरी वा सेना हुनु पर्दछ । उनिहरु विशेष तालीम प्राप्त हुनु पर्दछ । उनिहरुले प्रयोग गर्ने गोली नछेड्ने अर्थात Flattened Type  को हुनु पर्दछ । जहाजका अंगहरुमा तेल भरिएको वा तारहरु जडित हुन्छन् । छेडेर जाने गोली प्रयोग गर्दा जहाजको सुरक्षा (Safety) मा नै असर गर्न सक्छ । यस्ता सुरक्षाकर्मीले वायुयानको कमाण्डरको आदेशमा मात्र गोली चलाउन पाउंछन् । यस्ता सुरक्षाकर्मीहरु युनिफर्म वा सादा पोशाक कुनैमा पनि रहन सक्छन् । यो कुरा In-Flight Security Officer  राख्ने मुलुकको निर्णयमा भर पर्दछ । यदि सादा पोशाकमा भए उनिहरु कुन सिटमा बसेका छन्, त्यसको जानकारी वायुयानको कमाण्डरलाई दिनु पर्दछ । उनिहरु जुन उडानबाट आएका हुन्, सोही उडानबाट फर्कनु पर्दछ । nagarik-uddyan
एयर मार्शलले कस्तो बास खोजेका हुन ?
एयर मार्शलले बास खोज्यो भन्ने सम्बन्धमा एयर मार्शल रहेको जहाज गन्तव्यमा पुगेर बिग्रियो वा समयको अभाव लगायत कुनै पनि कारणले बास बस्नु पर्यो भने हतियारको व्यवस्था गर्नु पर्ने हुन्छ । यस्तो हतियारको व्यवस्थापन गर्न  In-Flight Security Officer ले बिबरण सहित सम्झौता अनुसार हतियार भन्सार वा सुरक्षा निकायलाई वायुयानको भर्याड०मा नै बुझाएर हातहतियार बिना सुरक्षाकर्मीहरु जमिनमा ओर्लेर बास बस्ने गन्तव्यतिर जान सक्छन । त्यसरी नै अर्को दिन फर्कंदा हतियार जिम्मा लिने मुलुकले वायुयानको भर्याड०मा लगेर अघिल्लो दिन बुझेको बिबरण सहित हतियार बुझाउनु पर्दछ ।
सार्वभौमसत्ताको संरक्षण :
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले In-Flight Security Officer  राख्नु पर्दा कुनै पनि मुलुकको सार्वभौमसत्ताको हनन् नहोस भनी यस प्रकारको व्यवस्था गरेको हुनु पर्दछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अरु मुलुकको सार्वभौमसत्ताको बारेमा निकै सम्बेदनशील रहेको मैले पाएको छु । मैले बुझे सम्म सुरक्षा थ्रेट भएका धेरै मुलुकका वायुयानहरुमा यस्तो व्यवस्था रहेको छ । तर हाम्रो मुलुकका संचार माध्ययम एवम राजनीतिक दलहरुले स्काई मार्शल भनेपछि बिमानस्थलमा नै तैनाथ गर्ने भन्ने बुझेको आधारमा यसको टिप्पणी धेरै गरेको हुन सक्छ भन्ने मेरो अडकल छ । हवाई सुरक्षासंग सम्बन्धित बिषय भएकोले यसलाई धेरै प्रचार प्रसारमा ल्याउन पनि त्यत्ति उपयुक्त जस्तो लाग्दैन । हवाई सुरक्षाको सम्बेदनशीलतालाई बुझेर नै यो जानकारी पस्कने कोशिस गरेको छु । मैले जाने बुझे सम्म In-Flight Security Officer  राख्नु पर्दा दुई देश बिच गर्नु पर्ने सम्झौता र गर्नु पर्ने सूचनाको नमूना समेत अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले आप्mनो म्यानुअलमा राखेको छ । यहि नमूनामा मुलुकको नाम राखेर यो सम्झौता गर्न सकिन्छ । त्यसै गरी बास बस्नु पर्दा हतियार बुझाउने संस्था सुरक्षा निकाय वा भन्सार दुईवटा निकाय मध्ये आप्mनो मुलुकको आवश्यकता अनुसार तोक्न सकिन्छ ।
थ्रेट नभए सुरक्षाको आवश्यकता नै पर्दैन । थ्रेट भएपछि त्यसलाई धान्न सकिने गरी सुरक्षा संयन्त्र बनाउनु पर्दछ । कुनै मुलुकले आप्mनो मुलुकको वायुसेवामाथि थ्रेट बढेको सुरक्षा थ्रेट मूल्यांकनबाट पाएमा थप सुरक्षा व्यवस्थाको लागि अन्य मुलुकलाई अनुरोध गर्न सक्छ । यस्तो स्थितिमा त्यो मुलुकले या त उसले माग गरेको थप सुरक्षा व्यवस्था दिन सक्नु पर्छ या उसको चित्त बुभ्mदो बैकल्पिक व्यवस्था गर्नु पर्दछ । यो पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मार्गदर्शन नै हो ।
एकपटक नेपालमा नै हवाई सुरक्षा सम्बन्धी एउटा गोष्ठी संचालन गरिएको थियो । त्यो गोष्ठीको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई मुख्य अतिथि बनाइएको थियो । उदघाटनका क्रममा उहांले स्काई मार्शल बारेमा पनि छलफल गर्न उहांले मन्तव्य राख्नु भएको थियो । त्यस कार्यक्रमको म स्वयम् उद्घोषक थिएं । मैले तत्काल भने सुरक्षाको बिषय सम्बेदनशील हुन्छ । गोष्ठीमा छलफलमा ल्याउने बिषय होइन जस्तो लाग्छ भनेर मैले टिप्पणी गरें । त्यसपछि उहांले स्काई मार्शल बारेमा कुनै मन्तव्य दिनु भएन । त्यसैले मैले आपूmले ज्ञान हासिल गरेको बिषयमा बुझेर मात्र टिप्पणी गरे हुन्थ्यो भन्ने लागेर नै मैले यो लेख्ने जमर्को गरेको हुं । अस्तु ।
(लेखक हवाई सुरक्षा बिज्ञ एवम् लामो समयसम्म हवाई सुरक्षामा कार्यरत हुनुहुन्छ )

प्रकाशित मिति २०७३-१०-१२

फेसबुकबाट तपाईको प्रतिक्रिया