मोदीलाई मशुर्रफको कडा चेतावनी- पाकिस्तानलाई नेपाल र भुटान जस्तो नठानियोस्
काठमाडौं १२ असोज । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतलाई कडा चेतावनी दिएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै उनले भनेका छन्-पाकिस्तानलाई नेपाल वा भुटान जस्तो कमजोर नठानियोस् ।
मुशर्रफले पाकिस्तान शक्तिशाली देश भएको समेत आजतकसँग बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो सम्झिने गल्ती भारतले नगरोस् ।’
उनले मोदीले पाकिस्तानको बदनाम गराइरहेको समेत बताए । सार्क शिखर सम्मेलनमा भाग नलिने भारतको घोषणामा प्रतिक्रिया दिँदै मुशर्रफले भनेका छन्, ‘आफूलाई मन लाग्दा मोदी पाकिस्तानमा आउँछन् । एकातर्फ नवाज शरीफलाई जन्मदिनको शुभकामना दिन आउँछन् अर्कोतर्फ पाकिस्तानलाई दुनियाँभर बदनाम गराउँछन् । जन्मदिनमा बधाइ दिन पुग्नु सधैं काम लाग्दैन ।’
मुशर्रफले भारत कश्मीर लगायतका खास मुद्दामा कुरै गर्न नचाहेको बताएको छन् । मुशर्रफले भने, ‘मोदी युद्ध चाहान्छन् । तर, पाकिस्तान पाकिस्तान हो । नेपाल र भुटान होइन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया