मोबाइल बैंकिङ प्रयोगकर्ता ३० लाख पुगे

काठमाडौं, २६ पुस ।

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाखको हाराहारीमा पुगेको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले २९ लाख ५८ हजार ४१ जना पुगेको छ । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो । यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो । स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको हो । स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो । बैंकले त्यस समयमा १० वटा नम्बर भएकै सिमबाट ग्राहकलाई कारोबारबारेमा जानकारी गराउँथ्यो ।

त्यस पश्चात सन् २००६ लक्ष्मी बैंकले मोबाइल एसएमएस बैंकिङको सुरुवात गर्‍यो । लक्ष्मी बैंकले भने चार अंकबाट ग्राहकलाई म्यासेज पठाएर कारोबारको बारेमा जनाकारी गराउन थाल्यो । त्यसबेला ग्राहक आफ्नो खाताको जानकारी र कारोबार भएको सूचना मात्र पाउँथे । त्यसपछि सन् २००९ मा आएर नेपालमा पहिलोपटक मोबाइल मनिको सुरुवात भएको हो । यसको सुरुवात पनि लक्ष्मी बैंकलै नै गरेको थियो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातमा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिने भयो । यसको प्रयोग अहिलेसम्म पनि कतिपय बैंकले गरिरहेका छन् ।

सन् २०१४ मा आएर बल्ल पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात भएको हो । एफ १ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माका अनुसार स्मार्ट बैंकिङको सुरुवात ग्लोबल आईएमई बैंकले गरेको हो । ग्लोबल बैंकले पहिलोपटक इन्टरनेटमा आधारित भएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको हो । योभन्दा मोबाइल बैंकिङका नाममा भित्रिएका एसएमएस बैंकिङ, मोबाइल मनीलगायत बैंकिङ सेवा सञ्चालन हुने गरेका थिए ।

मोबाइलमा म्यासज पठाएर ग्राहकलाई जानकारी गराउँदै आएका नेपाली बैंकको बीचबाट फरक रूपमा डेटामा आधारित बैंकिङ सेवाको सुरुवात ग्लोबल बैंकले गरेको हो । यसलाई मोबाइल बैंकिङको मोर्डन रूपमा पनि हेर्न गरिएको शर्मा बताउँछन् । उनका अनुसार नेपालमा एसएमएसको पठाउँदा लाग्ने पैसा घटेन तर विस्तारै डेटको पैसा घट्दै जाँदा अब डेटामा आधारित मोबाइल बैंकिङको सुरु भएको छ । अहिले नेपालमा पनि डेटामा आधारित मोबाइल बैंकिङ सेवा दिने बैंकको संख्या उल्लेखनीय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया