मोरङका किसानले मेसिनबाटै धान काट्न थाले

मोरङ १३ कार्तिक 

मोरङमा मेसिनबाट धान काट्ने काम सुरु गरिएको छ । मोरङ बबिया विर्ताका कृषकले यन्त्रबाट धान काट्न सुरु गरेका हुन्।

धान काट्ने मेसिन भित्रिएपछि बबिया विर्ताका किसान मजदुर अभावको समस्याबाट मुक्त भएका छन्। जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा धान काट्ने मेसिन दिएपछि मजदुर अभावको समस्याबाट किसान मुक्त भएका हुन्।

गाँउघरमा युवाहरु नभएको र खेती बाँझो राख्न नचाहने किसानलाई यान्त्रिकीकरणले धेरै सुविधा दिएको र खेती गर्न उत्साह बढाएको कृषक पारस मणी पौडेल बताउँछन्।

सो मेसिनले पाँच घन्टामा एक बिगाहा जग्गाको धान काट्ने गर्छ। परीक्षणका रुपमा यस आर्थिक वर्षमा दुई कृषकलाई अनुदानमा धान काट्ने यन्त्र प्रदान गरिएको कार्यालयको भनाइ छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया