मौद्रिक नीतिमा यस्ता कुरा समेटियोस् गभर्नर ज्यू !

नयन बास्तोला
आर्थिक बर्ष २०७४–७५ सालको मौद्रिक नीति रास्ट्र बैंकले चाँडै जारी गर्दै छ । सो मौद्रिक नीतिले देशको समग्र आर्थिक अवस्थाको चित्रण गर्दछ । साथै देशको पुँजिबजारलाई प्रत्यक्ष अप्रत्यक्ष असर गर्दछ । यसकारण मौद्रिक नीति तयार गर्दा निम्न कुराहरु समेटिन सकेमा समग्र देशको आर्थिक अवस्थाको चित्रण हुने थियो ।

१) रास्ट्र बैंकले देशको आर्थिक अवस्था हेरि FBIs हरुको पुँजीवृद्धि गर्दा मर्जरलाई प्राथमिकता नदिएकाले साना भन्दा साना र कमजोर कम्पनीहरुले पनि हकप्रद जारि गरी पुँजिवृद्धि गरे त्यसले आर्थिक अवस्थालाई र केन्द्रिय बैंकको उद्देश्यलाई पूरा गर्न नसकेकोले अब देशको समग्र बितिय बजारको अध्ययन गरि बैंक तथा बितिय सस्थाहरुको संख्या घटाउने तर्फ केहि महत्त्वपूर्ण कदम चालियोस् ।

२) च्याउसरि खोलिएका बैंकहरुको मनोपोली र अस्वस्थ प्रतिस्पर्धाले व्यापार र ब्यबसाय गर्ने मानिसहरुको मनोबल घटिरहेको छ । कुनै पनि ब्यापार ब्यबसाय सञ्चालन गर्न Loan को आबश्यककता हुन्छ तर छोटो समयमै धेरै ब्याज तलमाथि हुँदा ब्यापारीहरु मर्कामा परेका छ्न् यसलाई नियन्त्रण गर्न जरुरी छ ।

३) केन्द्रिय बैंकको भुमिकाले सेयर बजार तल माथि हुने गर्दछ । त्यसकारण सेयर बजारमा भएको लगानी कस्तो प्रकृतिको हो त्यो स्पष्ट हुनुपर्यो ।

४) सेयर बजारलाई प्रत्यक्ष असर गर्ने नीति नियमहरु समय सापेक्ष बनाइयोस् । जस्तै मर्जिन लेन्डिङ

५) नेप्सेको प्रतिबद्धता अनुसार नेपालमा चाडै onlinetrading शुरु हुदैछ र Banking association ले पनि माग गरेको पुँजिबजार सम्बन्धि काम गर्न दिएमा onlinetreding कारोबारलाई धेरै सहयोग र बिश्वासनियता साथै पुजिबजार सम्बन्धि जिम्मेवारीता बढने थियो ।

६) नेपालको पुँजिबजारलाई अन्तर्राष्ट्रिय स्तरको समय सापेक्ष र सबै नेपाली लगायत बिदेशी ब्यक्तीको सहभागिताको लागि गर्नुपर्ने कार्यहरु जस्तै NRN र बिदेशी नागरिकलाई लगानी गर्ने बाटो खुल्ला गर्न सके देशको राजस्व वृद्धि हुनुको साथै सेयर बजारमा सबैको स्वामित्व बड्ने थियो कि गभर्नर ज्यु ?

(लेखक सेयर बजारका साना लगानीकर्ता हुन् )

प्रकाशित मिति २०७४-३-१२

फेसबुकबाट तपाईको प्रतिक्रिया