मौद्रिक नीतिले निजी क्षेत्र निरास ?

काठमाडौं -२६ असार

राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा निरासा छाएको छ । लगानी प्रोत्साहित गर्ने खालको मौद्रिक नीति आउन नसकेको निजी क्षेत्रको गुनासो छ ।

मौद्रिक नीति कर्जा संकुचन हटाउने र चर्किएको ब्याजदर घटाउने विषयमा चुकेको व्यवसायीको दाबी छ ।,
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिबाट आफूहरू निरास भएको बताउनुभयो ।

‘मौद्रिक नीतिले लगानी बढाउन प्रोत्साहन गर्नुपथ्र्यो, लगानीमैत्री वातावरण बनाउनुपथ्र्योु, उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘लगानीकर्ता प्रोत्साहित गर्ने विषयमा मौद्रिक नीति चुकेको छ । अहिलेको जल्दोबल्दो समस्या चर्को ब्याजदर र कर्जा संकुचन आगामी वर्ष पनि यथावत रहने उहाँले बताउनुभयो,  यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

गत मंसिरदेखि बैंकिङ प्रणालीमा ‘क्रेडिट क्रञ्चुको समस्या देखिएको छ । लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकको ब्याजदर पनि बढेर १५ प्रतिशतसम्म पुगेको छ । यसले लगानीमा समेत संकुचन आएको छ ।

मौद्रिक नीतिले ब्याजदर अझ बढ्ने देखिएको महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले दाबी गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया