मौद्रिक नीतिले मात्रै सन्तुलित विकास असम्भव : जी २०
एजेन्सी, संघाइ, १६ फागुन ।
विश्वका शक्तिशाली आर्थिक मुलुकहरुका नीति निर्माताहरुले शनिवार विश्वको सन्तुलित आर्थिक विकासको नतिजाको लागि सामान्य किसिमको सहज मौद्रिक नीति आवश्यक रहेको बताएका छन । जी २० का केद्रिय बैंर्कस र अर्थमन्त्रीहरुको संघाइमा बसेको दुइ दिनको वैठकको क्रममा जारी गरिएको संयुक्त बक्क्तव्यमा सो जानकारी दिइएको हो । बैठकमा सहभागीहरुले अहिले लगातार रुपमा कमजोर देखिएका केही मुद्राहरु र विश्वको कमजोर आर्थिक नतिजाको विषयमा चिन्ता व्यक्क्त गरेका थिए । जी २० को सदस्य राष्टहरुको नीति निर्माताहरुले शनिवार संयुक्त बक्तब्य मार्फत सो सन्तुलित विकासको अवधारणा सार्वजनिक गरेका हुन । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बोकेका मुलुकहरुका नीति निर्माताहरुले सन्तुलित किसिमको आर्थिक विकासको लागि सबै किसिमका नीतिहरु आवश्यक रहेको बताएका छन । उनीहरुले मौद्रिक नीतिले मात्र सन्तुलीत बृद्धिदर हासिल हुन नसक्ने बताएका छन । बलियो आर्थिक वृद्धिदर र स्थायित्वका लागि मौद्रिक नीति केवल प्रर्याप्त नरहेको उनीहरुको भनाइ रहेको छ ।
कुनै पनि मुलुकले आफनो करको नीति र सार्वजनिक खर्चको नीति पनि चुस्त राख्नु आवश्यक रहेको जी २० सम्मेलनको निष्र्कष रहेको छ । साथै उक्त नीतिहरु व्ृद्धिमैत्री हुनु पर्ने बताइएको छ । लगानीमा बृद्धि पनि आर्थिक वृद्धिदरको नतीजाको लागि महत्वपूर्ण रहेको बताइएको छ । जी २० का मुलुकहरुले आफनो आर्थिक नीति समयानुकुल बनाएको खण्डमा आर्थिक वृद्धिदरको नतिजा बलियो हुने बताएका छन । विश्वको आर्थिक विकासको लागि मुलुकहरुमा उत्पादनको वृद्धि गर्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको छ । अहिले चुनौतीहरु र अस्थिर रहेको बजारको कारणले विश्व आर्थिक वृद्धिदरको नतिजा बलियो रहन नसक्ने बताइएको छ । यस सम्मेलनलाई विश्वभर चासोपुर्वक हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया