म्यानचेष्टरसँग बार्सिलोना पराजित

बिजनेसपाटी १७ कार्तिक

मंगलबार राती भएको  च्याम्पियन्स लिग फुटबल अन्तर्गतको  खेलमा म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई ३-१ ले पराजित गरेको छ। सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा लियोनेल मेसीको गोलमा बार्सिलोनाले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार ब्यहोर्नुपर्‍यो। यस गोलसँगैं मेसीले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ९० पुर्‍याएका छन्।

पहिलो हाफ सकिनु ६ मिनेट अगाडि सिटीले इल्केई गुन्डोगनको गोलमा खेल बराबरीमा ल्यायो। ५१ औं मिनेटमा केबिन डि ब्राउनले गोल थपेपछि सिटीले अग्रता लियो र ७४ औं मिनेटमा गुन्डोगनको गोलमा जित सुनिश्चित गर्‍यो। मंगलबार रातीको खेलपछि पनि च्याम्पियन्स लिगको ग्रुप सि मा बार्सिलोना शीर्ष स्थानमा छ। उसले ४ खेलबाट ९ अंक जोडेको छ भने सिटीले समान खेलमा ७ अंक जोडेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया